Thursday, August 1, 2013

५० करोडको ठगी छल्ल अस्पताल भर्ना

१७ साउन, काठमाण्डौं । ५० करोड भन्दा बढी ठगि गर्ने एक अभियुक्त प्रहरी
हिरासत छल्न अस्पताल भर्ना भएका छन्। एच एन्ड बी बैकको गुड फर पेमेन्ट
चेक दुरुपयोग प्रकरणका नाइके मनोज चौरसिया अदालतभित्रै बिरामी भएको
बाहाना गरेर अस्पताल भर्ना हुन लागेको हुन।
यसअघि पक्राउ परेका ठूला आर्थिक अपराधिको सिको गर्दै उनी बिरामी भएको
बहाना बनाएर अस्पताल भर्ना हुन लागेको प्रहरी अधिकारी बताउँछन्। बयानको
लागि अदालतमा पुर्याइएकोमा बिरामी भएको नाटक गरेर उनी न्यायाधीशकै अगाडि
लड्न खोजेका थिए।
बिरामी भएको नाटक गरेपछि अदालतले चिकित्सकलाई देखाएर बयान गर्न सक्ने
भएपछि उपस्थित हुन प्रहरीलाई पत्र लेखेको छ। अदालतको आदेशमा प्रहरीले
असपताल भर्ना गर्न लागेपछि भने उनले आफूलाई खासै केही नभएको भन्दै
विहिबार मात्र अस्पताल जाने बताए।
यसअघि पनि ठूला अर्थिक अपराधिहरु हिरासत छल्न विरामी नै नभइ अस्पतालसँग
मिलेर भर्ना हुने गरेका छन्।
सिद्धार्थ डेभलपमेन्ट बैंकको कर्जा अपचलनमा पक्राउ परेकी गैारी खनाल,
सरकारी कागज किर्ते गर्ने त्रिवेणी ग्रुपका गोविन्द संघाइ तथा ठगी
अभियोगमा पक्राउ परेकी एभ्को इन्टरनेसनलकी विनिता प्रधानले यसैगरी
अस्पताल भर्ना भएर हिरासत छलेको नयाँ पत्रिकामा खबर छ ।

No comments:

Post a Comment