१४ वैशाख, काठमाण्डौं । भारतीय विदेश मन्त्रालयले बीपी कोइरालापछि
कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीबाहेक नेपालका अरु कुनै नेताले
आफ्नो देशको हितमा भारतसँग सीधा कुरा राख्न नसकेको दाबी गरेको छ ।बीपीपछि
भारत भ्रमणमा आएका नेपाली नेतामध्ये किसुनजी र अधिकारीले मात्र मुलुक र
जनताको हतिमा अडान राख्दै सीधासीधा कुरा गरेको विदेश मन्त्रालयको आन्तरिक
सर्कुलरमा उल्लेख छ ।
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले शनिबारदेखि गर्ने भारत
भ्रमणको तयारीमा जुटेको मन्त्रालयको आन्तरिक सर्कुलरमा उक्त कुरा रहेकेा
जानकारी मन्त्रालयका एक बरिष्ठ अधिकारीले दिए । ती अधिकारीले भने,
'नेपालका नेताहरुबारे विगत ३० वर्षको प्रतिवेदन तथा नोट हेर्दा बीपीपछि
किसुनजी र अधिकारीले मात्र देश विकास र जनताको हतिमा अडान राख्दै कुरा
गरेको पाइयो । अन्य सबै नेताले आफ्नै स्वार्थका विषयमा मात्र कुरा गरेकेा
पाइयो । अन्य सबै नेताले आफ्नै स्वार्थका विषयमा मात्र कुरा गरेका रहेछन्
। धेरै नै हल्ला भएको विषयबाहेक अरु कुरा कतै छैन । अन्यले अहिलेसम्म
यस्तो सुनाउनलायक विषय प्रस्तुत गरेका अभिलेख पाइदैन ।'
No comments:
Post a Comment