लालबहादुर ढेंगा
दुबई । वैदेशिक रोजगारीमा रहेका प्रवासी नेपालीहरुले मेहनतसंग कमाएर
रेमिटान्सद्धारा पठाएको पैसाले देशको अर्थतन्त्रलाई ठूलो तेवा पुर्याएका
छन् । युएईमा लगभग २ लाख २० हजारको हाराहारिमा नेपाली कामदारहरु कार्यरत
रहेको छ भने दिनाहुँ अझै भित्रिने क्रम पनि जारी नै रहेको छ । मेहनतले
कमाएको पैसालाई एक्सचेन्जबाट सुरक्षितसंग घर पठाउदा कतिपयलाई भाग्यले
लखपतिसम्म बनाएको छ ।
विगत एक बर्षदेखि दुबईमा कार्यरत दैलेख निवासी रामबहादुर कटुवालले भाग्य
चिठ्ठामा प्रथम पुरस्कारको रुपमा एक लाख युएई दिराम हात पारेको छ । सो
पुरस्कार अहालिया एक्सचेन्जद्धारा पांच सय दिरामआफ्नो घर पठाउदा खेरि पिक
एण्ड विइन प्रमोशन अन्तर्गत पाएका हुन् ।
उक्त पुरस्कार गत १० मार्चका दिन दुबईमा अहालिया एक्सचेन्जका जेनेरल
मैनेजर भिएस थाम्पी, हरिकिशन अम्बानी, नेपाल कोर्डिनेटर बेनी ढकाल र अन्य
अधिकारीहरुले संयुक्त रुपमा प्रदान गरेको थियो । पुरस्कृत कटुवाल
पुरस्कारको रुपमा ठूलो रकम पाएकोमा ज्यादै खुशीमा देखिन्छन् ।
त्यस्तैगरी पिक एण्ड विइन प्रमोशन अन्तर्गत अहालिया एक्सचेन्जबाट पैसा
पठाउदा दुबईको अलकुजस्थित कार्यरत पाल्पा निवासी दुर्गाबहादुर सारुले ७
औं पुरस्कारको रुपमा दश हजार दिराम प्राप्त गर्नमा सफल भएको छ ।
य
No comments:
Post a Comment