Tuesday, March 12, 2013

दशरथ रंगशाला काण्डको २५ वर्ष पूरा

२९ फागुन, काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो रंगशाला दशरथ रंगशालामामा
भएको भाग दौडको मंगलवार २५ वर्ष पुरा भएको छ । २०४४ साल फागुन २९ मा
असिनापानीसंगै भएको भाग दौडमा परि ७१ जनालेज्यान गुमाएका थिए । फागुन २९
लाई नेपाली फुटबलको कालो दिनको रुपमा समेत लिइन्छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा सञ्चालन भएको त्रिभुवन च्यालेन्ज
सिल्डमा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्ति जोद्धावीचको फाइनल खेल
भइरहेका समयमा भागदौड भएको थियो । उक्त घटनापश्चात तत्कालीन मन्त्री
केशरवहादुर विष्टले पदवाट राजीनामा दिएका थिए ।
त्यतिबेला दशरथ रंगशालामा फाइनल खेल हेर्न २० हजार दर्शक उपस्थित भएका
थिए । दशरथ रंगशाला काण्डमा भएको मानवीय क्षतिको हिसावले विश्व फुटबलको
इतिहासमै शीर्ष १० घटनामध्ये पर्दछ ।२०४४ सालसम्म मैदान घेर्न पश्चिम
दक्षिण र उत्तरतिरको प्याराफिट अगाडि नाङ्गो काडेँ तारले घर्दै आइएको
थियो । तर रंगशालामाभएको भाग दौडमा परि ७१ जनाको ज्यान गएपछि काडेँ
तारलेमैदान घेर्न छोडिएको हो ।
२०५५ सालमा दशरथ रंगशालाको अहिलेको स्वरूप तयार गरिएको हो । नेपालले आठौँ
साफ आयोजना गर्ने निर्णय भएलगत्तै चीन सरकारले आधुनिक रंगशाला निमार्णका
लागि पुनः सहयोग गरेपछि आठौ साफ सुरूहुनु अघि रंगशालामा फ्लड लाइट र
स्कोर बोर्डको व्यवस्था गरिएको हो ।

No comments:

Post a Comment