Tuesday, March 12, 2013

नेपालीको हत्या गर्ने जापानीलाई १९ वर्ष जेल

२९ फागुन, काठमाडौं । नेपालीको हत्या गर्ने एक जापानीलाई त्यहाँको
अदालतले १९ वर्ष जेल सजाय सुनाएको छ ।
जापानी समाचार समिति क्योदोका अनुसार हत्यामा सघाउने उसकी केटी साथीलाई
पनि नौ वर्षे जेल सजाय सुनाएको छ । धादिङका ४२ वर्षीय विष्णुप्रसाद
धमलालाको हत्याको आरोपमा जापानी नागरिक हिरोकी सिराहिसी र उनका महिला
साथी मियोको सिराइसीलाई ओसाका जिल्ला अदालतले जेल सजाय सुनाएको हो ।
अदालतले हिरोकीलाई १९ वर्ष र मियोकोलाई नौ वर्ष जेल सजाय सुनाएको हो ।
दुबै रक्सीले मातेका र बाटोमा हिँडीरहेका विष्णुप्रसादलाई बिना कारण
कुटपीट गरेका थिए । उनीहरुले विष्णुलाई बेहोस हुनेगरी कुटेरसडकमै छोडेका
थिए । पछि बाटोमा राखिएको सिसी टिभीको माध्यमबाटउनीहरुको पहिचान भएको
थियो ।
अदालतले कुटपीटका कारण उनको ज्यान गएको ठहर गरेको बताइएको छ । एएफपी

No comments:

Post a Comment