Saturday, September 15, 2012

पहिरोले लियो सुतिरहेका ३३ को ज्यान

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार पहिरोमा परी३३ जनाको मृत्यु भएको छ भने ३५ भन्दा धेरै हराई रहेका छन्। मेग गर्जनसहित परेको पानीले तवाहि मच्चाएको हो ।
रुद्रप्रयाग जिल्लाको उक्हिमत क्षेत्रम पहिरो जाँदा सुतिरहेका २९ मानिस एकै चिहान भए। ३५ वेपत्ता भएका छन् भने १५ को उपचार भइरहेको छ। ४ जनाको भने चट्याङ पर्दा मृत्यु भयो।
‘२९ शव पाइएको छ र अहिलेसम्म ३५ जना हराइरहेका छन्,’प्राकृतिक प्रकोप विभागका कार्यकारी निर्देशक पियुस रुतलेले भने। उनका अनुसार पहिरोले चुन्नी, मंगोली, किमाना, सनसरीलगायत गाउँमा धेरै प्रभाव परेको छ।
घटनास्थलमा १ सय २० सेना परिचालित गरिएको छ। उद्दारका लागि एउटा हेलिकप्ट स्ट्यान्डबाइ राखिएको छ। पहिरोले विद्युत र संचार सेवा अवरुद्ध भएका छन्। राष्ट्रिय राजमार्गसमेत प्रभावित भएको छ। ऋषिकेश-बद्रीनाथ र ऋषिकेश – गंगोत्तरी हाइवेसमेत बन्द गरिएको छ। बाढी र पहिरोका कारण यी मार्ग बन्द गरिएका हुन्।
उत्तराखण्ड सरकारले राहतका लागि तत्काल १० करोड रुपियाँ विनियोजन गरेको छ। अघिल्लो महिनामा गएको पहिरोमा परी २८ जनाले ज्यान गुमाएका थिए भने अझै ६ जना हराइरहेका छन् ।

No comments:

Post a Comment