Sunday, September 9, 2012

श्रीमानको सम्झनामा ९० लाखको छात्रवृत्ति

२४ भदौ, काठमाण्डौं । अफगानिस्तानमा विद्रोहीको आक्रमणमा परी ज्यान
गुमाएका कास्कीको एक युवकको परिवारले क्षतिपूर्ति स्वरुप पाएको सवै एकलाख
अमेरिकी डलर (९० लाख रुपैयाँ) को शैक्षिक विकास अक्षयकोष स्थापना गरेका
छन् । कोषबाट प्लस टुमा अध्ययनरत तीन विद्यार्थीलाई मासिक ६ हजार
रुपैयाँका दरले छात्रवृत्ति दिइने छ ।
नामार्जुङ-१ ताङतिङका ३५ बर्षका थमनसिंह गुरुङकी श्रीमती ३५ बर्षकी
बन्दनाले यति ठूलो रकमको 'थमन-म्याट छात्रवृत्ति कोष' बनाएकी हुन् ।
गुरुङ एक अमेरिकी कम्पनीमा कार्यरत रहेका बेला अफगानिस्तानमा विद्रोहीको
आक्रमणमा परी ज्यान गुमाएको खबर कान्तिपुर दैनिकले छापेको छ ।
बन्दनाले श्रीमानको मृत्युले आफु भाव विव्वल भएपनि क्षतिपूर्ति बापत आएको
रकम शिक्षा क्षेत्रमा लगाउन पाएकामो खुसी लागेको र पिडा कम भएको बताइन् ।

No comments:

Post a Comment