२७ साउन, काठमाण्डौ । गुटका आधारमा धेरैजसो कार्यक्रममा माधवकुमार नेपाल र केपी ओलीलाई अतिथि बोलाउने रकतिपय स्थानमा त खनाललाई भन्दा ओली रनेपाललाई महत्व दिने अबस्था आएपछि खनालले कुन कार्यक्रममा कसलाई प्रमुख अतिथि बनाउने भन्ने अधिकार आफुमा केन्द्रीत गरेका छन् ।
अध्यक्ष खनालले देशभर हुने पार्टी र जनसंगठनका कार्यक्रममा केन्द्रीय कमिटीबाट पठाईने अतिथि व्यवस्थापनको अधिकार केन्द्रीकरण गरेको भन्दै मातहतका कमिटी र जनसंगठनहरुलाई सर्कुलर पठाएको राजधानी दैनिकले छापेको छ । कतिपय अवस्थामा आफुखुसी र केन्द्रले तोकेभन्दा अन्य नेताहरुलाईसमेत प्रमुख अतिथि, विशेष अतिथि र अतिथि बनाउँदा पार्टी नेतृत्व तहमै समस्या र अन्तरविरोध देखिएपछि एमाले स्थायी समितिले अतिथि व्यवस्थापनका नाममा अधिकार केन्द्रीकरण गरेको बताइएको छ ।
एकै कार्यक्रममा केन्द्रबाट अध्यक्ष, वरिष्ठ नेता, त्यसपछिका वरीयताका नेताहरु सहभागी हुँदा कतिपय अवस्थामा नेताहरुलाई नै को-को सहभागी हुने भन्ने जानकारीमा समस्या आउने गरेको थियो ।
‘अतिथि कसरी आमन्त्रण गर्ने र अतिथिका रुपमा कसरी जाने भन्ने विषयमा स्पष्ट व्यवस्था नगर्दा कहीँ अतिगिको ओइरो लाग्ने त कहीँ अत्यावश्यक महसुस हुँदासमेत अतिथिको व्यवस्था गर्न नसकिने अवस्थारहने गरेको छ,’ अध्यक्ष खनालले जारी गरेको अन्तरपार्टी निर्देशन-९ मा भनिएको छ, ‘त्यसर्थ, अव पार्टीका स्थानीय कमिटी तथा जनसंगठनहरुलाई अतिथिको आवश्यकता पर्दा सम्बन्धित अञ्चल वा जनसंगठन हेर्ने केन्द्रीय कमिटीका प्रतिनिधिमार्फत केन्द्रीय सचिवालयसमक्ष अतिथिको माग गर्नुपर्ने व्यवस्था गरिएको छ ।’
No comments:
Post a Comment