१३ भदौ, पाँचथर । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेविया गएका पाँचथरका लक्ष्मीप्रसाद काफ्लेको मृत्यु भएको तीन महिनामा पनि शव नआएपछि सहयोग गर्न परिवारले अपिल गरेका छन् । तीन वर्ष अघि साउदी अरेविया पुगेका नाँगि ८ का काफलेको सडक दुर्घटनामा परी गत जेठ ८ गते मृत्यु भएको थियो ।
मृत्यु भएको लामो समय वित्दा पनि शव नआएपछि सहयोग गर्न परिवारले नेपाल स्थित साउदी राजदूतावासलाईआग्रह गरेका हुन् । छोराको शव ल्याउने पहल गर्न आग्रह गर्दै राजधानीमा दुई महिना भौतारिए पनि कसैले पहल नगरेको भन्दै काफ्लेका बुवा तुलसीरामले गुनासो गरेका छन् ।
राजधानीको बतिस पुतली सडक स्थित रिभरओभरसिज मेनपावरमार्फत विदेश गएका काफ्ले के एफसी रेस्टुरेन्टमा कार्यरत थिए । उनकी श्रीमती सहति दुई छोरा छोरी, आमा बुवा रहेका छन् ।
No comments:
Post a Comment