Wednesday, August 15, 2012

नेपाली चेलीलाई ‘कोरियन’ भनेपछि राजदूत आलोचित

३१ साउन, सउल । कोरियनसँग बिबाह गरेर आएपछि यातना र पीडा पाएका नेपाली चेलीलाई ‘कोरियन’ भन्दै उनीहरुलाई नेपाली दूतावासले सहयोग गर्न जरुरी नभएको बताएपछि कोरियाका लागि नेपाली राजदूत आलोचित भएका छन् ।
केही दिनअघिको बीबीसी नेपाली सेवासँगको अन्र्तवार्तामा नेपाली राजदूत कमानसिंह लामाले नेपाली चेलीलाई कोरियन भनेर पन्छिन खोजेपछि कोरियामा रहेका नेपालीहरुले राजदूतप्रति आक्रोश ब्यक्त गरेका छन् । सो कार्यक्रममा राजदूतले कोरियनसंग बिबाहको कागज बनाएर आएका नेपाली महिला स्वतः कोरियन भएकाले सहयोगको आवश्यकता नरहेको, कोरियामा सबै नेपालीहरू भाषा पास गरेर आएका हँुदा दूतावासमा भाषा अनुबादकको आवश्यकता नपर्ने, धेरै पढे लेखेका आएर कोरियामा काम गर्न नसकेको लगायतका अभिब्यक्ति दिनुभएको थियो ।
प्रवासी मजदुर युनियनका अध्क्षय उदय राई, नेपाली सम्पर्क समिति कोरियाका अधक्ष शंखर बस्नेत, महिलाका लागि महिला कोरियाका अध्क्षय कोपिला राई लगाएत दर्जन बढि संघसंस्थाका प्रतिनिधिले राजदूतको अभिब्यक्तिको आलोचना गरेका छन् ।
‘आज महिला कोरियामा आएर कोरियनबाट पिटिएका छन्, उनीहरूको हक अधिकार खोसिएको छ । के उनीहरूप्रति नेपाली दूतावासको दायित्व रहदैन ?’ महिलाका लागि महिला कोरियाका अध्क्षय कोपिला राईले प्रश्न गर्नुभयो । राईले भन्नुभयो- ‘जबसम्म ती महिला जीवित रहन्छन तबसम्म उनीहरुको नेपालसँगको नाता टुटेको हुँदैन । वैवाहिक समन्धमा बाँधिएर कोरिया आउँदा दुःख पाइन्छ। यसका लागि चेतनामूलक कार्यक्रम चलाउनुको सट्टा हाम्रा हैनन भन्नु राम्रो हैन् ।’
नेपाली संम्पर्क समिति कोरियाका अध्यक्ष शंखर बस्नेतले राजदूत लामाको उक्त भनाई आपित्तजनक रहेको उल्लेख गर्दै भन्नुभयो- ‘दूतावासको यस्तै कारणले कोरियामा नेपालीको आत्महत्यामा वृद्वि भएको हो ।’
प्रवासी मजदुर युनियनका अध्क्षय उदय राईले राजदूत लामाले भन्नुभयो- नेपाली मजदुरहरू दुर्घटनाबाट अङ्गभङ्ग भएका छन्, मालिकबाट पिटिएका छन् त्यस अवस्थामा उनीहरूले गएर रुने ठाउँ पाएका छैनन् ।’ राईले भन्नुभयो -’ दूतावासमा फोन गर्दा नेपाली बोलीदिने कोही हुँदैनन, हामीले समस्या कसलाई पोख्ने ?

No comments:

Post a Comment