Friday, August 31, 2012

गत बर्ष ३५९ अर्ब ५५ करोड रेमिट्यान्स

१५ भदौ, काठमाण्डौं । गत आर्थिक बर्ष सरकार र राष्ट्र बैंकका नीति कार्यान्वयनबाट भन्दा पनि विदेशबाट आउने पैसा (रेमिट्यान्स) उच्चदरले वृद्धि भएका कारण प्रमुख आर्थिक सूचक सकारात्मक रहे ।
राष्ट्रबैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक बर्षको समष्टिगत आर्थिक विवरण अनुसार ३५९ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो बर्षभन्दा ४१ दशमलब ८ प्रतिशतले बढी हो । अमेरिकी डलरमा पनि रेमिट्यान्स २५ दशमलब ८ प्रतिशतले बढेको छ ।
रेमिट्यान्स वृद्धिले शाधनान्तर स्थिति हालसम्मकै उच्च १२७ अर्व ७० करोड पुगेको कारोबार दैनिकमा खबर छ । विदेशी विनियम सञ्चिति ६१ दशमलब ५ प्रतिशतले बढेर ४३९ अर्व ४६ करोड पुगेको छ । वाणिज्य बैंक तथा वित्तिय संस्थाको निक्षेप पनि गत बर्ष २२ दशमलब ९ अंकले उकालो लागेको छ । गत बर्षमात्र वित्तीय संस्थाको बचत १८८ अर्ब ५९ करोड बढेको छ ।
अघिल्लो बर्षको तुलनामा आर्थिक गतिविधि विस्तार हुनुका साथै रेमिट्यान्स र निर्यातसमेत उच्चदरले बढेका कारण बैंक तथा वित्तीय संस्थाले निक्षेप परिचालनमा सकारात्मक असर देखिएको राष्ट्र बैंकले जनाएको छ ।
रेमिट्यान्ससँगै मुद्राप्रदान पनि उच्चदरले बढेको छ । वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्तिमा उच्चवृद्धि भएको हुँदा विस्तृत मुद्राप्रदाय बढेको हो गत बर्ष बैदेशिक लगानी भने घटेको छ ।

No comments:

Post a Comment