Friday, August 31, 2012

स्वरोजगार कोषले चार अर्बलगानी गर्ने

१५ भदौ, काठमाण्डौं । युवा तथा साना व्यवसायी स्वारोजगार कोषले चालु आर्थिक बर्षमा चार अर्ब रुपैयाँ वितरण गर्ने भएको छ । यसबाट ५० हजार बेरोजगार युवा रोजगार हुने अपेक्षा गरिएको छ । कोषले सो रकम सरकारी स्वामित्वमा रहेका बैंक, निजी बैंक तथा वित्तीय संस्था र सहकारीमार्फत करिव ४ अर्व रुपैयाँ वितरण गर्न लागेको हो ।
स्वारोजगार सिर्जना गर्न सरकारी स्वामित्वका तीन बैंक, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरु र सहकारीबाट समेत रकम वितरण गरेर देशका कुनाकाप्चासम्म पुर्‍याउने लक्ष्य कोषको रहेको खबर राजधानी दैनिकमा खबर छ । यस बर्ष कम्तीमा ५० हजारले रोजगारी पाउने अपेक्षगरेको कोषका कार्यकारी निर्देशक विनोद गुरागाईले बताए । यसका लागि कोषले क्षमता अभिवृद्धि गर्ने, कर्मचारीलाई तालिम प्रदान गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । ५० हजार मध्ये ३५ हजार कृषि क्षेत्रमा रोजगारको सिर्जना गर्ने लक्ष्य कोषले राखेको छ । त्यस मध्ये पनि ६० प्रतिशत महिलालाई रोजगार बनाउने लक्ष्य राखेको निर्देशक गुरागाँईले बताए ।

No comments:

Post a Comment