Saturday, August 11, 2012

एक बर्षमा १३ सय बेपत्ता

२७ साउन, काठमाण्डौं । एक बर्षमा हजारभन्दा बढी बेपत्ता भएको उजुरी पर्न थालेपछि काठमाण्डौं प्रहरीसमेत आश्चर्यमा परेको छ । गत बर्ष हराएका साढे १३ सय मध्ये आधाको अझै अत्तोपत्तो छैन् ।
गत बर्षको साउनदेखि यस बर्षको असार मसान्तसम्म काठमाण्डौंमा आफन्त हराएको भनेर एक हजार तीनसय ४६ उजुरी परेका थिए । हराउनेहरुको संख्या आश्चर्यजनक रुपमा बढेको छ, गतबर्षमात्र नौ सय ४८ महिला र तीनसय ९८ पुरुष हराएको निवेदन परेको खबर आजको नयाँ पत्रिका दैनिकमा छ । त्यसमध्ये आधाको अत्तोपत्तो नभएको प्रहरीको भनाई छ ।
त्यस्तै बेपत्ता भएको उजुरी गरेपनि भेटिएको जानकारी भने प्रहरीलाई नगराउने गर्दा पनि समस्या भएको प्रहरीको ठहर छ । निहित स्वार्थका साथ अपहरण गरेका व्यक्तिहरु पनि बेपत्ता हुने गरेका छन् । काठमाण्डौंकी छोरीमैया महर्जन र पुजा आचार्य यसको उदाहरण हुन् । उनीहरुको बारेमा खोजी र अनुसन्धान भईरहेपनि अझै केही पत्ता लगाउन सकेको छैन् । प्रहरीले दिएको जानकारी अनुसार अहिले अनुसन्धान भईरहेका १०/१२ वटा बेपत्ता घटना निक्कै जटिल रहेका छन् । सवै च्यानलबाट अनुसन्धान जारी राखेपनि चुरोमा पुग्न नसकिएको अधिकारीहरुको भनाई छ ।

No comments:

Post a Comment