अजित तिवारी, विराटनगर, भदौ ५- अर्थमन्त्री एवं एकीकृत माओवादीका नेतन वर्षमान पुनले राष्ट्रपतिले निर्वाचन समबन्धी अध्यादेश वकत्व्यमार्फत फिर्ता गरेको जनाउ दिएर आफ्नो मर्यादा घटाएको बताएका छन्। उनले राष्ट्रपति हटाउने माग बजारमा उठ्न थालेको बताए।
अध्यादेश मन्त्रीपरिषदमै फर्काउनुको सट्टा राष्ट्रपतिले वकतव्यबाजीमा उत्रिएकोमा दुख व्यक्त गरे।
‘निर्वाचन आयोगले मंसिर ७ मा चुनाव सम्भब छैन भनिसकेको बेला राष्ट्रपतिज्यूले अध्यादेश मन्त्रीपरिषदमै फर्काइदिँदा उहाँको सम्मान बढ्थियो'-विराटनगर विमानस्थलमा मंगलवार सञ्चारकर्मीहरुसित कुरागर्दै मन्त्री पुनले भने,‘बकत्व्य निकाल्नु राष्ट्रपतिका लागि राम्रो होइन।' उनले संविधानसभा विघटन भइसकेको बेला त्यही अन्तर्गत निर्वाचित भएका राष्ट्रपतिलाई किन नहटाउने भन्ने माग बजारमा उठनथालेको दाबी गरे।
‘राष्ट्रपति सक्रिय(एक्टिभ)रुपमा आउँदा बिवाद बढ्छ'-पुनले भने,‘राष्ट्रपति पनि कामचलाउ भएकाले किन नहटाउने भन्ने माग बढिरहेको छ, राष्ट्रपति र उनका सल्लाहकारहरुले सोच्नुपर्छ।'
No comments:
Post a Comment