खलंगा, असार ३० - यार्सागुम्बाटिपेर घर पुगेका जाजरकोटका युवाहरू हातहातै मोबाइल बोकेर फर्केका छन् । यार्सागुम्बा टिप्न डोल्पाका विभिन्न लेक चहारेका युवाहरूबीच कमाइ गरेको रकमले आपसमा मोबाइल किन्न होडबाजी नै चलेको छ । कसले राम्रो मोबाइल किन्यो ? कति पर्ने किन्यो ? कति सिम लाग्ने किन्यो ? भिडियो र फोटो कस्तो खिच्छ ? मेमोरी कति जिबीको छ ? गाउँभरिका युवाहरूबीच अचेल यस्तै चर्चाहुनेगर्छ ।
गत जेठ पहिलो साता घर छाडेका जाजरकोटीहरू असार २० भित्र घर पुगिसकेका छन् । कमाइ गर्न डोल्पा जाने युवाहरूमध्ये अधिकांश मावि र क्याम्पस तहका विद्यार्थी छन् । 'घरमा अभिभावकले मोबाइल नकिनिदिएपछि विद्यार्थीहरू आफंैले कमाइ गरेर रोजाइका मोबाइल किन्ने गरेका छन्,' कालिका आदर्श मावि रामिडाँडाका कक्षा ८ का विद्यार्थी राजेन्द्र सिंहले भने, 'खडेरीले पाटन क्षेत्रमा यार्सागुम्बाको उत्पादन कम भएकाले मूल्य आकासिएपछि युवाहरूले राम्रै आम्दानी गरेका छन् ।'
राजेन्द्रका १४ वषर्ीय भाइ विनोदले २५ दिन यार्सा टिपेर ४० हजार कमाइ गरेर फर्केपछि ५ हजारमा ३ वटा सिमकार्ड प्रयोग गर्न मिल्ने मोबाइल किनेका छन् । जिल्लाको बारेकोट भेगमा सिडिएमए प्रविधिले राम्रो काम गर्ने भएकाले कमाइ गरेर र्फकनले महँगोमा स्काइ सिम कार्ड खरिद गर्ने गरेको जिरीकै गणेश सिंहले बताए । हेलो नेपालको जीएसएम महँगो भएपछि केहीले गण्डकी, सगरमाथा, वागमती अञ्चलका स्काइ सिम कार्ड खरिद गरेका छन् ।
अरू अञ्चलका सिम कार्ड र मोबाइल व्यापारीले युवालाई डोल्पामै बेचेका थिए । 'यार्सागुम्बा टिप्ने लेकमा स्काइको सिम कार्ड हालेरै मोबाइल सेट बिक्री हुने गरेको छ । त्यस्तो सेटलाई कम्तीमा ७ हजार पर्ने नायकवाडाका पिकेन्द्र सिंहले बताए ।
यसपटक मात्र बारेकोटका युवाहरूले डोल्पाबाट फर्किदा १ हजारभन्दा बढी मोबाइल र सिम कार्ड भित्र्याएको अनुमान छ । यार्सागुम्बा टिप्न गएका पिकेन्द्रका ११ साथीभाइहरूले रूकुमको राडिबजारबाट ६ देखि ११ हजार पर्ने ११ वटा मोबाइल किने । गण्डकी अञ्चलको स्काइको सिम कार्ड डोल्पामै खरिद गरेको बताए ।
डोल्पाबाट रूकुम र जाजरकोट र्फकने बाटो तम्तु, घट्टेजरी, चौतारा, लाङ्ना, ढोरचौर, दह, घाटलगायतका ससाना बजारभरि रक्सी र मासुका अस्थायी पसल खुलेका छन् । डोल्पाको चौंरीकोट हँुदै जाजरकोटसम्म र्फकनेहरूका लागि खुलेका होटलहरूमा जुवा पनि चल्ने गरेको छ । 'उच्चकोटीका मदिरा रबियर दुर्गम गाउँमा पनि प्रशस्तै पुगेका छन्,' नायकवाडाकै योगेन्द्र शाहीले भने । त्यहाँ बियरलाई ३ सय ५० देखि ५ रूपैँयासम्म पर्ने गरेको छ । गत वर्ष डेढ सयदेखि २ सय सम्ममा यार्सागुम्बा बेचेका युवाहरूले यसपटक भने गुणस्तरहेरी ४ सयभन्दा बढीमा बिक्री गरेको बताए ।
गाउँमा 'जसका छोरा उसको धन, जसका भैंसी उसको वन' नारा लाग्ने गरेको छ । घरका ५ बावुछोरा डोल्पा पुगेका नायकवाडा ठाकुरजिरीका नन्दलाल शाहीले यार्साबाट ५ लाख आम्दानी गरेको बताए । नायकवाडा २ रावतजिरीका गोपालरावतका तीन जनाले पनि ४ लाख कमाए । नायकवाडा गाविसबाट यसपाला ४ हजार ५ सय जना जति यार्सागुम्बा टिप्न गएका थिए।
कतिपय युवाहरू जुवा खेलेर बाटैमा टाट पल्टेर घर फर्केका छन् भने कसैले यार्सागुम्बा टिप्नुको साटो होटल खोलेर एक महिनामै २ देखि ४ लाखसम्म कमाएर फर्केका छन् । यार्सागुम्बा खोज्न गएका नायकवाडा ४ जालतरीका लालबहादुर सिंहले होटल खोलेर१ महिनामै २ लाख कमाएर फर्केको बताए । कसैले त सिटामोल र दुखाइ कम गर्ने औषधि ब्रुफिन बेचेर पनि पचासौं हजार कमाए । दिनभरि निहुरेर ढाड दुखेकाहरूले एउटा ब्रुफिन वा सिटामोललाई ८० देखि सय रूपैँयासम्म पनि हालेको भुक्तभोगीले बताए । जिल्लाको बारेकोट भेक र रग्दा भगवतीमा क्षमताभन्दा अत्यधिक मोबाइल प्रयोगका कारण नेटवर्कले भने काम गर्न छोडेको छ । जाजरकोटको भगवती, नायकवाडा रूकुमको घेत्मामा रहेको दूरसञ्चारका टावरले त्यस भेगका १० गाविसलाई धान्न नसकेको नेपाल टेलिकमकाप्रमुख हरिजंग शाहले बताए ।
यार्सागुम्बा टिप्न गएकाहरूसँग डोल्पालीहरूले विभिन्न स्थानमा २ देखि ५ हजारसम्म असुल्ने गरेका छन् । त्यस्तै, टिपेका यार्सागुम्बा लुट्ने, झगडा र कुटपिट गरेको भन्दै जुम्ला र रूकुमले डोल्पा जाने व्यापारिक सामानमा नाकाबन्दी गरेका छन् । रूकुमले राडी बजारबाट खच्चडबाट ढुवानी गरेर डोल्पाजाने सबै सामान रोकेका छन् भने जुम्लाबाट आउने सामान पनि रोकेपछि जाजरकोटको दह र घाटबाट डोल्पा आपूर्ति भइरहेको छ ।
प्रकाशित मिति: २
No comments:
Post a Comment