काठमाडौं, जेठ ३० (नागरिक) - एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र अमेरिकी राजदूत स्कट एच डेलिसीबीच आज बिहान दाहाल निवास लाजिम्पाटमा मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको छ। भेटमा दाहालले संविधान सभाको चुनावमा जानु नै सबैभन्दा उपयुक्त भएको बताए।
राजदूत डेलिसीले भने मुलुकको राजनीतिक अवस्थाबारे जिज्ञासा राखेका थिए। डेलिसीले हेटौडामा माओवादी लडाकुलाई जागिर दिन दिइएको दवावबारे पनि सोधेका थिए। प्रत्युत्तरमा दाहालले पार्टीको नीतिअनुसार दवाव दिन नमिल्ने बताउँदै यदि कसैबाट दवाव दिइएको हो भने कारबाही हुनेसमेत बताए।
दाहालले आफुहरु राष्ट्रिय सहमति निर्माण गरेरै अगाडि बढ्ने बताएका थिए। उनले दलहरुबीच छलफलको वातावरण बन्दै गएको दावीसमेत गरे। सहमति बनेमा अन्य विकल्पको बारेमा पनि छलफल गर्न माओवादी तयार रहेको बताउँदै उनले अहिलेसम नयाँ संविधान सभाको निर्वाचनमा जाने कुरा नै सही भएको तर्क गरेका थिए। । राजदूत डेलिसीले भने सहमतिबाटै अगाडि वढेर मात्रै नेपालको विकासमा गति आउने बताएका थिए।
No comments:
Post a Comment