http://www.ekantipur.com/uploads/ekantipur_nep/news/2012/gallery_05_02/UML%20Office_20120502053349.jpg...काठमाडौ, वैशाख २० -
एमालेको स्थायी समितिले संविधान निर्माणको लागि प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल राजीनामा दिनुपर्ने निर्णय गरेको छ । काँग्रेससंग मिलेर अबिश्वासको प्रस्ताव ल्याउने सम्बन्धमा बुधबार एमालेको स्थायी समितिबैठक बसेको थियो ।
'जेठ १४ भित्र संविधान जारी गर्नका लागि प्रधानमन्त्रीले तत्काल राजिनामा दिनु पर्ने स्थायी समितिको निष्कर्ष रहेको छ' एमाले सचिव युवराज ज्ञवालीले भने ।
पछिल्लो दुई दिन देखि राष्ट्रिय सरकारको विषयमा दलहरु प्रवेश गरेकाले संविधानमा सहमति जुटाउने कार्य ओझेलमा परेको छ । काँग्रेसले प्रधानमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि एमालेले पनि छलफल सुरु गरेको थियो ।
No comments:
Post a Comment