- राजनीतिक संरक्षणमा गुण्डागर्दी गर्ने दुई समूहबीच झडप हुँदा मोरङको उर्लाबारीमा गोली चलेको छ। माओवादी र कांग्रेसका दुई समूहको झडपलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको हो।
प्रहरीका अनुसार झडपमा माओवादी कार्यकर्ता सुसनलिम्बु लगायत घाइते भएका छन्। अन्य घाइतेको संख्या यकिन हुन सकेको छैन। नेपाली कांग्रेस क्षेत्र नं. ९ का सभापति खड्ग फागोको उर्लाबारी-२ स्थित घरमा झगडा गर्न पुगेका दुई समूहबीचको झडप नियन्त्रण लिन फायर गर्नुपरेको प्रहरीले जनाएकोछ।
झडपका क्रममा तीन वटा मोटरसाइकल जलाइएको छ। त्यसक्रममा सभापति फागोसहित, कांग्रेस कार्यकर्ता साङ्गे लिम्बु, नारायण सिटौला, सनम मोक्तान र फागेका भाइ विक्रान्तलाई उर्लाबारी प्रहरीले पक्राउ गरेको छ। सुसन र साङ्गे समूह उर्लाबारीमा विगतदेखि आपराधिक गतिविधिमा संलग्न छन्।
No comments:
Post a Comment