Thursday, May 24, 2012

दुई सन्तालाई विष ख्वाएर आमाद्वारा आत्महत्या प्रयास

छोराछोरी दुबै विते, आमाको उपचार जारी -
रुद्र खड्का, नेपालगञ्ज, जेठ ११ - आफ्ना दुई सन्तानलाई विष मिसाइएको चाउचाउ खुवाएर एक महिलाले आत्महत्याको प्रयास गरेकी छिन्। विष मिसिएको चाउचाउ खाएका दुई वर्षीय छोरा र ८ वर्षीय छोरीको मृत्यु भएको छ भने उनीहरुको आमा राधिका न्यौपानेको उपचार भइरहेको छ।
धनगढी नगरपालिका ३ की न्यौपानेले पतिसँगको झगडाका कारण छोराछोरीसहित आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ। उनका पति प्रहरी सहायक निरीक्षक छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

No comments:

Post a Comment