Saturday, May 5, 2012

अन्नपूर्ण हिमशृङ्खलामा हिमपहिरोपछि भीषण बाढी, मर्नेको संख्या १३ पुग्यो (भिडियो)

हिमपहिरो क्षेत्रमा सैनिक हेलिकप्टर परिचालन-
सन्तोष पोखरेल/मनोज अधिकारी, पोखरा, वैशाख २३- कास्कीको माछापुच्छ्रे गाविसस्थित अन्नपूर्ण हिमशृङ्खला पग्लिएर आएको भीषण बाढीले बगाएर एक विदेशीसहित मर्नेकोसंख्या १३ पुगेको छ। घटनास्थलमा उद्धारका लागि पुगेका रेडक्रसका वरिष्ठ अधिकृत खेमराज सापकोटाले मृतकको संख्या अझै बढ्नसक्नेबताएका छन्।
आज बिहान ९ बजेतिर खसेको हिम पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुगेको प्रहरीलेप्रारम्भिक विवरण दिएको छ।
अपडेट : घटनास्थल पुगेका नागरिकन्युज कर्मी सन्तोष पोखरेल का अनुसार कास्कीको सर्दीखोला गाविस खारापानीमा ८ घर बगाएको छ भने तीन पर्यटकसहित २२ जना बेपत्ता भएका छन्। बेपत्ता पर्यटकमा रुसी नागरिक भएको बताइएको छ। माछापुच्छ्रे गाविस र सर्दी खोला गाविस जोड्ने झोलङ्गे पुल छियाछिया पारेको छ। बग्नेमा अधिकांश मानिस तातोपानी कुन्डमा नुहाउन गएका थिए। एउटै परिवारका ५ जनासमेत बगेको बताइएको छ।

No comments:

Post a Comment