नेपाल सरकारद्वारा जारी गरिएको फर्जी पासपोर्ट बोकी कुबेत प्रवेश गर्न खोज्ने ३६ जना बंगलादेशी नागरिकलाई त्यहाँको विमानस्थल सुरक्षा विभागले नियन्त्रणमा लिएको छ। अल अन्बा दैनिकले जनाए अनुसार ती बंगलादेशीहरु फरक फरक विमानबाट कुबेत आएका थिए।
सुरुमा उनीहरुलाई देश निकाला गर्ने भनिए पनि अहिले देशभित्रै मुद्दा चलाउन लागिएको सो दैनिकले जनाएको छ।
सोधपूछका क्रममा ती बंगलादेशीहरुले नेपालबाट फर्जी पासपोर्ट किनेको स्वीकार गरेको बताइएको छ। कसले पासपोर्ट बेचेको भन्ने बारे चाहिँ केही खुलाइएको छैन।
सो दैनिकका अनुसार विमानस्थलमा जडान गरिएको फिङ्गरप्रिन्ट सिस्टमका कारण फर्जी पासपोर्ट बोक्नेहरुबारे पत्ता लागेको हो।
No comments:
Post a Comment