Wednesday, December 18, 2013

समानुपातिकको स्वाद श्रीमती, साली र प्रेमिकालाई, एमालेमा तीन ब्यापारीको भाग्य चम्किने

३ पुस, काठमाण्डौ । बाह्र बर्ष ढुङग्रोमा राखे पनि कुकुरको पुच्छर
बांगाको बांगै भनेझैं जनताले हराइदिएका नेता समानुपातिक प्रणालीको
दुरुपयोग गरी धनाढ्य र परिवारका सदस्यलाई सभासद् बनाउन लागिपरेका छन् ।
राजेन्द्र महतोको पार्टी सदभावनाले प्रत्यक्षमा एक सिटमात्र जितेपनि
समानुपातिकमा ५ जना पठाउन पाउने मत हाँसिल गरेकेा छ । जसमध्ये दुई जना
महिला पठाउने प्राबधानमा उनले आफ्नै श्रीमती शैलदेवीलाई पठाउने भएका छन्
। शैलदेवी राजेन्द्रकी श्रीमती हुनुबाहेक राजनीतिमा सक्रिय नाम हैन् ।
फोरम गणतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले आफ्नै भतिजि प्रमिला
गच्छदारलाई सभासद बनाउने भएका छन् । यसैगरि संघीय सदभावना पार्टीका
अध्यक्ष अनिल झाले प्रत्यक्षमा एकै सिट नजिते पनि समानुपातिकमा एक सभासद
पाएका छन् । उनको जोडबल पनि आफ्नै श्रीमती डिम्पल झालाई बनाउने छ ।
प्रत्यक्षमा एकै सिबट नजितेका फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर
यादवले पनि समानुपातिकमा प्राप्त एक सिटमा आफ्नै श्रीमतीलाई पठाउने तयारी
गरेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।
फोरम नेपालका उपेन्द्र यादवले पनि समानुपातिकमा साली रेखा यादवलाई पठाउने
तयारी गरेका छन् । यसअघि नै उनले रेखालाई निजी सचिवका रुपमा काम
लगाइसकेका छन् ।
तमलोपाका महन्थ ठाकुरले भने उर्जामन्त्री उमाकान्त झाकी बिसुद्ध गृहिणी
श्रीमती इन्दिरा झालाई समानुपातिक सभासद बनाउने भएका छन् । सरत्सिंह
भण्डारीले पनि आफ्नै प्रेमिका निर्जला राउतलाई सभासद् बनाउने पक्का छ ।
जसलाई प्रभावशाली पदमा पुर्यायो उसैले धोका दिएर नयाँ पार्टी खोल्ने र
आफैं अध्यक्ष बन्ने परम्परा नै बनेकाले तराईका नेताहरुले आफुलाई धोका
नदिने पात्रलाई सभासद बनाउन लागेको समाचारमा जनाइएको छ ।
एमालेबाट तीन ब्यापारीको भाग्य चम्किने
यसैवीच एमालेले तीन जना ब्यापारीलाई समानुपातिकबाट सभासद् बनाउने तयारी
गरेको बुधाबार साप्ताहिकले छापेको छ ।
घरजग्गा ब्यापारी इच्छाराज तामाङ, गोल्छा हाउसकी राज्यलक्ष्मी गोल्छा र
राजधानी दैनिकका प्रकाशक एवं म्यानपावर ब्यबसायी महेन्द्र शेरचनलाई
एमालेले ब्यापारीको प्रतिनिधित्व गराउँदै सभासद् बनाउन लागेको समाचारमा
जनाइएको छ । बाहुन क्षेत्री समुदायबाट समानुपातिक सभासद् बन्न निकै पापड
बेल्नु पर्ने अबस्था आएपनि यी तीन ब्यापारीको नाम अहिले नै घोषणा गरेसरह
रहेको समाचारमा जनाइएको छ ।

No comments:

Post a Comment