Tuesday, December 10, 2013

‘जाँदै छु धेरै टाढा’ भन्दै जापानमा नेपाली बिद्यार्थीले आत्महत्या गरे

२५ मंसिर, टोक्यो । टोक्योमा जापानी भाषा अध्ययन गरिरहेका एक नेपाली
बिद्यार्थीले सोमबार रेलको लिगमा हाम फालेर आत्महत्या गरेका छन् ।
दुई महिनाअघि मात्र जापान आएका गोरखा सतिपिपलका २२ बषिर्य सुरज बस्नेतले
आत्महत्या गर्नुअघि फेसबुकमा स्टाटस लेख्दै भनेका थिए-'जाँदैछु टाढा-धेरै
टाढा याद बोकेर, अब आउँदिन फर्केर ।'
टोक्योको आईसीए भाषा बिद्यालयमा अध्ययन गरिरहेका सुरज आइतवार साँझ
आफन्तकहाँ जाने भन्दै कोठाबाट निस्केका थिए । साथीहरुले फोन फोन गरेर
प्याज सकिएकाले लिएर आउनु भने पनि उनले आफु कोठामा नआउने जानकारी गराएका
थिए ।
उनले साँझ नै सिनागावा स्टेसनको प्लेटर्फमको लिगमा हाम्फालेर आत्महत्या
गरेका थिए । जापान रेल्वेको भिडियो रेकर्डलाई उदृत गर्दै जापानी प्रहरीले
जनाएअनुसार उनी रेलको लिगमा लम्पसार परेर सुतेका थिए । उनको क्षतबिक्षत
शरिर प्रहरीले नेपाली समुदायका प्रतिनिधिहरुलाई सोमबार बिहान जिम्मा
लगाएको छ ।
जापानमा रेलगको लिगमा सुतेर आत्महत्या गर्ने क्रम पछिल्लो दिनमा निकै
बढेको छ । धेरै घटनामा स्टेशनमा तैनाथ सुरक्षाकर्मीले आत्महत्या गर्न
खोज्नेलाई लिकबाट उठाएर बचाउने पनि गरेका छन् । तर, नेपालीहरुले रेलको
लिगमा हामफालेर आत्महत्या गरेको यो सम्भवतः पहिलोपटक हो ।
गैरआवासीय नेपाली संघ जापानले उनको बुधबार दाहसंस्कार गर्ने तयारी
गरिरहेको छ । दाहासंस्कारका लागि आर्थिक सहयोग संकलन र परिवारको
स्वीकृतिका लागि प्रकृया पुर्याउन लागिएको एनआरएन जापानका कार्यबाहक
अध्यक्ष नरबहादुर थापाले जानकारी दिनुभयो ।
जापानमा नेपालीहरुको आत्महत्याका बिषयमा अनुसन्धान गरिरहेको नेपाली
मनोबिज्ञ बिजय ज्ञवालीका अनुसार ठूलो धनरासी खर्च गरि जापान आएपनि ब्यस्त
दैनिकीमा अभ्यस्त हुन नसक्नु, नेपालमा सोंचेजस्तो पैसा आर्जन गर्न
नसक्नु, भाषाको समस्या र एक्लोपनका कारण जापानमा नेपालीहरुको आत्महत्याको
क्रम बढिरहेको छ ।

No comments:

Post a Comment