Friday, November 29, 2013

दर्शनार्थी बोकेको बस दुर्घटना, २ को मृत्यु ४४ घाईते

१४ मंसिर, नवलपरासी । नवलपरासिमा भएको सवारी दुर्घटनामा २ जनाको
घटनास्थलमै मृत्यु भएको छ । ४४ जना घाईते भएका छन् । घाईते मध्ये ७ जनाको
अवस्था गम्भिर रहेको छ । बाँकेको नेपालगञ्जबाट मनकामना मन्दिर दर्शनका
लागि आउदै गरेको ना ४ ख ६३६८ नम्बरको बस पुर्वपश्चिम राजमार्ग अन्तर्गत
तम्सरीया ४ मा आज बिहान ३ बजेतिर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय
कावासोतिले जनाएको छ । दुर्घटनामा परी नेपालगञ्जका ३ वर्षका बालक मानसु
अधिकारी र सोहि ठाउँका १४ वर्षका सागर पुन मगरको ज्यान गएको प्रहरीले
जनाएको छ ।
गम्भिर घाईते ७ जनालाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज
लगिएको र अन्य घाईतेहरुको मध्यविन्दु सामुदायिक अस्पताल डण्डा र
कालिगण्डकी अस्पताल कावासोतिमा उपचार भैरहेको छ । बस चालक फरार रहेको र
खोजि कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय कावासोतिले जनाएको छ ।
तिब्र गतिका कारण अनियन्त्रित भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको
प्रारम्भिक अनुमान छ ।

No comments:

Post a Comment