८ वैशाख, काठमाडौं । तपाईले कसैसँग प्रेम गर्नुभएको छ र उनलाई भेट्न
कोठामै जाने गर्नुभएको छ भने ख्याल गर्नुहोला, तपाईले बलात्कारीको
अभियोगमा प्रहरीको खोरसम्म पुग्नुपर्ने हुनसक्छ ।
आइतबार ललितपुरको एकान्तकुनामा आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले
उजुरी गरेपछि शिव थापामगरलाई प्रहरीले पक्राउ गरेको छ । तर, अनुसन्धानका
क्रममा पक्राऊ पर्ने व्यक्तिबलात्कारी नभएर प्रेमी रहेकोछनक पाएपछि
प्रहरी अप्ठ्यारोमा परेको छ ।
पक्राऊ परेका शिवले आफूलाई वैशाख ३ गते आफ्नै कोठामा आएर बलात्कार गरेको
भन्दै तामाङ थरीकी युवतीले कारबाहीको मागसहित प्रहरीमा उजुरी दिएकी थिइन्
। उजुरीका आधारमा प्रहरीले शिवलाई पक्राउ गर्यो । युवतीलाई पनि प्रहरीकै
संरक्षणमा राखेर प्रहरीले अनुसन्धान अगाडि बढाइएको छ ।
अनुसन्धानका क्रममा पीडित भनिएकी युवती र पीडक भनिएका शिव
प्रेमी-प्रेमिका भएको खुलेको छ । 'यसबारे हामी अध्ययन गर्दैछौं'
अनुसन्धानमा संलग्नमा प्रहरी अधिकारीले अनलाइनखबरसँग भने-'घटना हेर्दा
बलात्कार नै भनिहाल्ने अवस्था नभएपछि हामी थप छानविनमा छौं ।'
प्रहरी स्रोतका अनुसार शिव र ती युवती पटक-पटक विभिन्न रेष्टुराँ तथा
लजमा जाने गरेका थिए भने शिव कहिलेकाँही युवतीको कोठैमा पुग्ने गरेका थिए
। पछिल्लोपटक वैशाख ३ गते साँझ स्थानीयले उनीहरुको सम्वन्धप्रति शंका
लागेपछि शिवलाई पक्राउ गरेका थिए । शिवले पनि आफूहरुको सम्वन्ध रहेको
स्वीकार गरेका थिए । तर, पीडित भनिएकी युवतीको दिएको उजुरीमा शिवले
आफूलाई आफ्नो कोठामा चुक्कुल लगाएर बलात्कार गरेको दाबी गरेपछि घटना जटिल
बन्न पुग्यो ।
स्थानीयले शिवलाई पक्राउ गरेपछि युवतीलाई बलात्कारको मुद्दा हाल्न लगाएको
प्रारम्भिक अनुसन्धानबाट पत्तो लागेको प्रहरी स्रोतलेबतायो । उनीहरु
आपसमा प्रेमी-प्रेमिका रहेको र सहमतिमा सम्बन्ध राखेको प्रमाणित भए
दुबैलाई सम्झाएर छाडिदिने प्रहरीको तयारी छ ।
No comments:
Post a Comment