Saturday, April 20, 2013

साठी हजार लिएर डाक्टरले पाँच महिनाको गर्भपतन गराए

७ वैशाख, सिरहा । श्रीमान् वैदेशिक रोजगारमा गएको बेला परपुरुषसँग
यौनसम्बन्ध राखी गर्भवती भएकी एक महिलाको लहानमा अवैध गर्भपतन गराएको
रहस्य खुलेको छ ।
चन्द्रलालपुर-६ की २५ वर्षीया ती महिलाको पाँच महिनाको गर्भ डाक्टर विभा
मण्डलले वैशाख ५ गते ६० हजार रुपैयाँ लिएर पतन गराएको खुल्न आएको छ । ती
महिलाले अत्यधिक रक्तश्राव भएपछि गर्भपतन गराएको कुरा आˆनो परिवारमा
जानकारी गराएपछि सोरहस्य खुलेको हो । अत्यधिक रक्तश्राव भएकोले नमितालाई
इलाका प्रहरी कार्यालय गोलबजारमार्फत भूमिजा हस्पिटलमा भर्ना गरिएको छ ।
नमिताका ससुरा महादेव यादवलेआˆनो बुहारीलाई बिगार्ने र अवैध गर्भपतन
गराउने डाक्टर सहितलाई कानुनी कारबाही गर्नप्रहरीसँग माग गरेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरीनायब निरीक्षक शैलेन्द्र
गच्छदारले गर्भधारण गराउने वीरेन्द्र यादव र उनका तीन सहयोगी फरार रहेको
बताउनुभयो।
श्रीमान्को स्वीकृतिबिना तीन महिनाभन्दा बढीको गर्भपतन गराउन कानुनले
निषेधगरेको छ । रासस

No comments:

Post a Comment