५ बैशाख, काठमाण्डौ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले चुनावी
प्रक्रियामा सहभागी हुन नेकपा-माओवादीलाई आग्रह गर्नु भएको छ । विहीवार
विहान नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई उहाँकै निवास धापासीमा
भेटी कोइरालाले आन्दोलन छोडेर चुनावमा सहभागी हुन आग्रह गर्नु भएको हो ।
भेटमा कोइरालाले मुलुकलाई निकास दिन चुनावमा जानुको अर्को विकल्प नरहेको
भन्दै चुनाबमा आउन आग्रह गरेको कोइरालाका स्वकिय सचिव लक्ष्मण ढकालले
अनलाइनखबरलाई जानकारी दिनुभयो । ढकालका अनुसार भेटमा कोइरालाले बैद्यलाई
वार्ताका लागि पनि आहृवान गर्नु भएको थियो ।
जवाफमा अध्यक्ष वैद्यले दलहरुले वोलाउने वार्तामा आउने तर सरकार र
उच्चस्तरिय संयन्त्रले बोलाउने वैठकमा आफूहरु सहभागी हुनुको औचित्य
नरहेको वताएको वैद्यको निजी सचिवालयले जनाएको छ । वैद्यले
प्रधानन्यायाधीश नेतृत्वमा गठित सरकारको बर्हिगमन नहुँदासम्म र चैत १ कदम
नसच्याइएसम्म आफूहरु चुनावमा वसहभागी नहुने वताउनु भएको थियो । कोइरालाले
भने नेकपा-माओवादी र मधेशी जनअधिकार फोरम नेपाललाई पनि उच्चस्तरिय
राजनीतिक संयन्त्रमा सहभागी गराउने तयारी भइरहेको जानकारी वैद्यलाई
गराउनु भएको थियो ।
भेटपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै सभापति कोइरालाले वैद्यलाई
वार्तामा आउन आग्रह गरेको वताउनुभयो । उहाँले भन्नुभयो,'चुनावमा सवै दल
सहभागी हुनु पर्छ । कुनै दलले बहिष्कार गर्ने र कुनै चुनावमाजाने वातावरण
सिर्जना हुनु हुदैन । त्यसैले मैले वैद्यजीहरुलाई चुनावी मैदानमा आउन
आग्रह गरेको छु । 'कोइरालाले वैद्यसंगको छलफल सकारात्मक रहेको
प्रतिक्रिया दिनुभयो । छलफलमा काँग्रेसका तर्फवाट सभापति कोइरालासहित
उपसभापति रामचन्द्र पौडेल र नेकपा-माओवादीका तर्फवाट अध्यक्ष वैद्यसहित
सचिव देव गुरुङ सहभागी हुनुहुन्थ्यो ।
No comments:
Post a Comment