Monday, March 11, 2013

लिबिया हिँडेका ९ नेपाली पहाडगञ्जमै अलपत्र

२८ फागुन, नयाँदिल्ली । लिबिया पुगेपछि मासिक १७ सय अमेरिकी डलर कमाउने
आसामा नयाँदिल्लीसम्म पुगेका नौजना नेपाली पहाडगञ्जस्थित होटलमा अलपत्र
परेका छन् । उनीहरुले होटमा बसेको र आएको गरी करिब तीन लाख रुपैयाँको बिल
उठिसकेको छ । यो पैसा कसले तिरिदिने होउनीहरुलाई नै थाहा छैन् । तर, यो
रकम नतिरी उनीहरु होटलबाहिरसम्म निस्कन सक्ने अवस्थामा छैनन् ।
'तीन दिनपछि खाना त खायो तर झोक्राउन छोडेको छैन्,' तिबिया गएर धन कमाउने
समाना भताभुंग भएपछि आफ्ना साथीका बारेमा सुर्खेतका शेरबहादुर चलौनीले
सुनाए, 'अविवाहित उ सुरुमा निकै जोसिलो देखिन्थ्यो तर लिबिया पठाउने
नाममा ठगिएको थाहा पाएपछि यसको होस उड्यो ।' चलौनीका अनुसार उनका ती
साथीले जग्गा धितो राखेर ३६ प्रतिशत व्याजमा ऋण लिएर दलाललाई पैसा दिएका
छन् ।
सबै सम्पत्ति दाउमा राखेर लिबिया जान भनेर घरबाट हिँडेका चलौनीका ती
साथीलाई ठगिएको थाहा पाएपछि डिप्रेसन हुन लागेको छ। च्लौनी भन्छन् 'उसलाई
निराशामै जीवन खेर फाल्ने कुरा नगर, बाँचे भोलि फेरि राम्रो दिन आउँन
सक्छ भनेर सम्झाई रहेका छौं ।
अर्को एउटा साथीको घरमा बच्चा सारै बिरामी भएको खबर आएकाले आफूहरु जवानी
बसेर उसलाई पठाउनुपरेको चलौनीले बताएको खबर सोमबारको अन्नपूर्ण पोष्ट
दैनिकमा खबर छ ।
सरकारले वैदेशिक रोजगारीका लागि नयाँदिल्लीबाट उड्नै नपाउने व्यवस्था
गरेको छ । तर, राम्रो कमाई हुने भन्दै विभिन्न देश पठाइदिने लोभ देखाएर
दलालले यहाँसम्म ल्याई अलपत्र पार्ने काम भने अझै रोकिएको छैन् ।

No comments:

Post a Comment