Thursday, January 3, 2013

भोकले विद्यार्थी स्कुलमै बेहोस

१९ पुस, काठमाण्डौं । काठमाण्डौंको कालिमाटीको निलबाराही उच्च माध्यमिक
विद्यालयमा चार कक्षामा पढ्ने सरोज घलाललाई बुधबार 'टिफिन' समयमा वाकवाक
लागिरह्यो । १३ बर्षका घलालखाजा समयमा कक्षा कोठामा घोप्टो परेर बसिरहेको
देखपछि शिक्षिका सुभद्रा अर्यालले कारण जान्न खोजिन् ।
'पेट दुख्यो वाकवाक आइरहेकोछ ,' घलालले भने, 'केही खाएको छैन् ।' धेरै
जसो भोकै विद्यालय आउने गरेको उनले सुनाए ।
उनकी आमा विरामी भएकाले केही गर्न सक्दिनन् । सरोज २२ दिनको हुँदा उनका
बुबालेआमालाई छोडेका थिए । स्वस्थ्य हुँदा सम्म उनकी आमा ज्यामी काम
गर्ने गर्थिन् । अहिले खानेकुराको जोहो गर्न सरोज विहानै तरकारी बजार
पुग्छन् र फालिएका आलु काउली संकलन गरी बेच्न कुद्छन् । 'आज विकेन अनि
भोकै आउनुपर्‍यो' आखाँभरी आँसु बनाएका सरोजले भने ।
बुधबार नै कक्षा एक र चारमा पढ्ने दिदीबहिनी भोको पेट आएकै कारण बेहोस
भएका विद्यालयकी प्रधानाध्यापकजानुका नेपालले सुनाईन् । उक्त विद्यालयमा
अति निम्न वर्गका बालबालिका पढ्ने गरेकाले यस्तो समस्या आएको विद्यालयको
ठहर छ । यस्ता विद्यार्थीका लागि सरकारले व्यवस्था गर्नुपर्ने नेपालले
माग गरिन् ।
सरकराले शिक्षाका लागि खाद्य कार्यक्रम अन्तर्गत प्रत्येक विद्यार्थीलाई
१२ रुपैयाँका दरले दुर्गम गाउँमा खाजाको व्यवस्था गरेपनि राजधानीमा भने
भोककै कारण बेहोस हुने गरेको खबर नागरिक दैनिकले छापेको छ । बजेटका कारण
यस्ता समस्या सम्बोधन गर्न नसकेको शिक्षा विभागका निर्देशक कमलप्रसाद
पोख्रेलले बताउनुभयो ।

No comments:

Post a Comment