विराटनगर, आश्विन ३० - उपप्रधान एंग गृहमन्त्री विजय गच्छदार ले तीन ठुला
राजनीतिक दलहरुले ठोस निर्णय गर्न नसक्दा मुलुक समस्यामा फस्दै गएको आरोप
लगाएका छन् ।
विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसंगको कुराकानीमा गच्छदारले भने
'ठूला तीन दल कहिले संविधान सभाको निर्वाचनको कुरा गर्छन कहिले
पुस्र्थापनाको कुरा उनीहरुको अलमलले मुलुकको राजनीतिक संकट गहिरिदै गएको
छ ।'
राजनीतिक सहमतिको विकल्प नरहेको दोहोर्याउदै गच्छदारले सहमतिको म्याद
समाप्त भएपनि राष्ट्रपतिले कुनै कदम नचाल्ने विश्वास व्यक्त गरे ।
राष्ट्रपतिका पछिल्ला अभिव्यक्तिहरु प्रति सकारात्मक देखिएका गच्छदारले
भने 'संविधानको पालकको हैसियतले राष्ट्रपतिले बोल्नु अनौठो होइन ।' उनले
राष्ट्रपतिले मुलुकको परिस्थिति बुझेर कदम चाल्ने वा के गर्ने भन्ने
निर्णय गर्ने उनले बताए । उनले भने संविधानको भावना बुझेर राष्ट्रपतिले
दलहरुको सहमतिका आधारमा अघि बढ्नु पर्ने उल्लेख गरे ।
राजनैतिक दलहरुबिच सहमति हुन नसक्नु नै राजनीतिक अन्यौलताको बृद्धि भएको
बताउादै उनले मधेसी मोर्चाले तीन दललाई प्रधानमन्त्री निश्चित गर भन्दा
पनि उनीहरुले साझा प्रधानमन्त्रीको उम्मेदवार दिन नसकेको बताए । उनले तीन
दल असफल भए सरकारको नेतृत्व मधेसवादी दललाई दिनुपर्ने माग गरे ।
No comments:
Post a Comment