१४ भदौ, काठमाडौं । पहिरोले घर पुरिदा नुवाकोट र कास्कीमा दुर्इ जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा नुवाकोटको चतुरे गाउँका जुठे तामाङको मृत्यु भएको छ । आज विहान गएको पहिरोले घर पुरिदा तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
पहिरोमा पुरिएकी उनकी श्रीमतीको भने सकुशल उद्दार गरिएको छ । उनको स्थानिय स्वास्थ्य सस्थामा उपचार भईरहेको छ । पहिरोले पुरेर घरमा रहेका भैसी, गोरु, बाख्रा पनि मरेको स्थानीय मुस्कान लामाले जानकारी दिए ।
यसैगरी कास्कीको सराङकोटमा घर पछाडिको डिस्को खसेर घर पुर्दा ११ बर्षका गौतम गुरूङको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहान साढे ५ बजेतिर गुरुङको घर पछाडिको ढिस्को खसेर ३ कोठे ब्लकको घर भत्किएको थियो । भत्केको ब्लकको भित्ताले च्यापिएर कोठामा सुतिरहेका गौतमको घटनास्थलमै मृत्यु भएको थियो ।
No comments:
Post a Comment