Thursday, April 26, 2012

टेम्पो र ट्रक ठोक्किँदा ९ जना घाइते, ट्रक चालक हिरासतमा

हेटौँडा, वैशाख १४- हेटौंडाबाट पूर्व–पश्चिम राजमार्गको लोथर बजारतर्फ जाँदै गरेको ना १ त ५६८ नम्बरको टेम्पो नारायणगढतर्फ गइरहेको ना १ ख ५४६१ नम्बरको ट्रकसँग बिहीबार मध्याह्न राप्ती पुल नजिक ठोक्किँदा टेम्पोमा सवार नौ यात्रु घाइते भएका छन्।
दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बाँकी घाइतेको अहिले हेटौँडा अस्पतालमा स्वास्थ्योपचार भइरहेको छ। अनुसन्धानका लागि ना१ ख ५४६१ को ट्रक चालकलाई प्रहरीले हिरासतमा लिएको छ।

No comments:

Post a Comment