Thursday, April 26, 2012

बिनामहसुल चौबीसै घन्टा बिजुली

चर्को महसुल तिरेर पनि दैनिक छ घन्टा लोडसेडिङको मार खेपिरहनुपरेको अवस्थामा हाम्रै समाजमा बिनामहसुल २४ घन्टा बिजुली बाल्ने गाउँ छ भन्दा अचम्म लाग्न सक्छ। तर,अचम्म मान्नुपर्दैन, सङ्खुवासभा जिल्लाको गुफापोखरी र सुकेपोखरीका बासिन्दाले चौबीसै घन्टा निःशुल्क बिजुली बाल्ने गरेका छन्।
करिब ३० लाख रुपियाँको लागतमा काटुरी संस्थाले पाँच किलोवाट क्षमताको गुफापोखरी लघुजलविद्युत् आयोजना निर्माण गरिदिएपछि ५० घरपरिवारले १०० वाटको दरले बिजुली बाल्ने गरेका हुन्।
चौकिदार दिनेशचन्द्र खनाल भन्छन्– कहिलेकाहीँ मेसिन सुरक्षाका लागि १/२ घन्टा बिजुली बन्द गरिन्छ, त्याबाहेक नत्र कहिल्यै पनि बिजुली काटिँदैन।
उपभोक्ता हिमा खनाल भन्छिन्– बालुवा, गिटी, ढुङ्गा सङ्कलन गरेर बचत भएको रकम ब्याजमा लगाएर त्यही रकमबाट निःशुल्क बिजुली बाल्ने गरेका हौँ।

No comments:

Post a Comment