७ जेठ, काठमाडौं । सप्तरीको क्षेत्र नं ५ का पूर्वसभासद् सदरुल मियाँ
हकको सोमबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग
गरी घाँटी रेटेर बिभत्स ढंगबाट हत्या भएको छ । हत्याराहरु फरार रहेका छन्
। हत्यापछि सप्तरीको कल्याणपूर शोकमग्न छ ।
सप्तरी जिल्लाको कल्याणपुर-२ स्थित बिसनपुर चौकमा स्थित पेट्रोलपम्पमा
रहेको भवनको माथ्लो तलामा सुतिरहेको अवस्यामा राति नै उनको हत्या भएको
स्थानीयबासीले बताएका छन् । एक्लै सुतेका मियाको हत्या भएको विहान साढे ८
बजेमात्रै परिवारका सदस्यले थाहा पाएको स्थानीयवासीले बताएका छन् ।
सप्तरीको कल्याणपुरमा पूर्वसभासद मियाको इटाभट्टा उद्योग र पेट्रोलपम्प
व्यवसाय छ । मुस्लिम समुदायका मिया सबैसँग मिलनसार रहेको स्थानीय
बताउँछन् । बिसनपुर चौकमा आफ्नो घरभन्दा ५ सय मिटर टाढा रहेका पेट्रोल
पम्पमा उहाँको हत्या भएको हो ।
कल्याणपुर निवासी मियाले ०६४ सालको संविधानसभा चुनाबमा सप्तरी क्षेत्र
नम्बर ५ बाट स्वतन्त्र उमेद्वारका रुपमा १० हजार ६ सय ३ कत ल्याएर
जित्नुभएको थियो । सो क्षेत्रको चुनावमा एमाले दोस्रो, माओवादी तेस्रो र
कांग्रेसले चौथो स्थान हासिल गरेका थिए । मियाँ नेपाली कांग्रेस
पृष्ठभूमिका व्यक्ति हुनुहुन्थ्यो ।
पूर्वसभासद मिया एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको २० दलीय गठबन्धनको
सदस्य समेत सहभागी हुनुहुन्थ्यो । संविधानसभामा रहँदा अल्पसंख्यक मुस्लिम
समुदायको हितका लागि उनले आवाज उठाउनुभएको थियो ।
हत्याबारे आफूहरुलाई बिहान ९ बजे जानकारी आएको र अहिले हत्याराको खोजीका
लागि प्रहरी परिचालन गरिएको र कुकुरसमेत झिकाइएको सप्तरीका प्रमुख जिल्ला
अधिकारी हरिकृष्ण पौडेलले सञ्चारमाध्यमलाई जानकारी दिनुभयो ।
headlines and breaking news from nepal and World on business, sports, entertainment, ...
Tuesday, May 21, 2013
म्यानपावर व्यवसायीले मन्त्री र सचिवकै अगाडी भने-’९९ प्रतिशत श्रम सम्झौता नक्कली बनाउँछौं’
७ जेठ, काठमाण्डौं । बैदेशिक रोजगारमा जाने कामदारलाई दिने रोजगार
करारपत्र ९९ प्रतिशत नक्कली बनाउने गरेको स्वयं म्यानपावर कम्पनी
(वैदेशिक रोजगार व्यवसायी) ले स्वीकारेका छन् ।
म्यानपावर कम्पनीको छाता संस्था 'नेपाल वैदेशिक रोजगार व्यवसायी संघ' का
अध्यक्ष बलबहादुर तामाङले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डद्धारा आयोजित
'सुरक्षित वैदेशिक रोजगारका लागि सरोकारवालाबीच अन्तक्रिर्या' मा यो
खुलासा गरेका हुन् ।
'हामीले कामदारलाई दिने इम्प्वाइमेन्ट कन्ट्रयाक्ट डबल हुन्छ,' तामाङले
वैदेशिक रोजगार व्यवसायको १८ बर्षको अनुभव सुनाउँदै भने, 'ड्राइभरको
बाहेक ९९ प्रतिशत करार फ्रड नै गरेका छौं ।'
अन्तक्रिर्यामा श्रम तथा रोजगार मन्त्रालयका सचिव, सहसचिव, वैदेशिक
रोजगार विभागका महानिर्देशक अध्यागमन निर्देशक परराष्ट्रका सहसचिव लगायको
सहभागीता रहेको कान्तिपुर दैनिकमा खबर छ ।

Monday, May 20, 2013
‘दुई श्रीमतीको पोइ बीस वर्षसम्म खोइ ?’
६ जेठ, क्वालालम्पुर । सन् १९९३ सालतिर नेपालबाट विदेश काम गर्न जाने
चलन खासै थिएन । त्यसबेला विदेश जानेहरुको छुट्टै मान र सान हुन्थ्यो ।
विदेश गएकाहरु काँधमाथि रेडियोघन्काउँदै भरिया लिएर फर्किंदागाउँकै रौनक
फेरिन्थ्यो । गाउँमा रेडियो, क्यासेट उनैका घरमा हुन्थे । बिजुली नभए पनि
बेट्रीबाटै क्यासेट घन्काएर सिंगै गाउँ थर्काउँथे उनीहरु । पाँचथरको
सराङडाँडा-७ निगालेमा जन्मेका ५७ वर्षीय लछीहाङ शेर्मा (लिम्बू) पनि
त्यही समय मलेसिया छिरेका हुन् ।गाउँका अलि टाठाबाठामै पर्थे लछीहाङ ।
नाच्न गाउन भनेपछि निक्कै खप्पिस । गाउँमा धान नाचेरै उनले कान्छी
श्रीमतीसमेत भित्र्याए । जेठीबाट एक छोरा र एक छोरी, कान्छीबाट तीन छोरा
र एक छोरीको जन्म भएपछि उनलाई ९ जनाको परिवार पाल्न धौधौ भयो ।
विदेशबाट लाहुरेहरु गाउँमा आएको देखेपछि लछीहाङले पनि विदेश जाने योजना
बनाए । जेठी श्रीमतीलाई घरमा राखेर कान्छीलाई पाचँथरको सदरमुकाममा
सामान्य भट्टी खोलिदिएर उनी मेनपावर कार्यालयधाउन थाले । त्यतिबेला
मेनपावर कम्पनीहरु आजकोजस्तो वर्षामा च्याउ उमि्रएको जस्तो भेटिँदेनथे ।
जेनतेन एकजना एजेण्ट भेटाए लछीरामले । त्यसपछि उनी साउदी जाने तरखर गर्न
थाले ।
नगद ८० हजार दिने भए पठाउँछु, नत्र सक्दिँन भनेर ऐजेन्टले जिद्दी गरेपछि
खोजखाज गरेर ८० हजार बुझाएरै लछीराम साउदी जान तयार भए । त्यसपछि उनी
दुबै श्रीमतीलाई सम्झाएर घर व्यवहारमिलेर चलाउनु भन्दै पैसा कमाउन
साउदीतिर लागे ।तर, बिचरा लछीरामलाई एजेण्टले उनलाई साउदी नलगी
थाइलैण्डमा पुर्याएर छाडिदियो । एजेन्टले जाने भए मलेसिया जाउ, नत्र भने
म केही गर्न सक्दिँन भनेपछि उनी एक दिन एक रात पानीजहाजमा बसेर मलेसिया
पुगे ।
लछीरामले ठ्याए मलेसियाको टावर
लखरतरान भएको ज्यानलाई मलेसियाको इपोमा पुर्याएर काममा लगाइदिएपछि एजेण्ट
कहाँ गयो, थाहा भएन । इपोमा उनले दुई महिनाजति काम गरे । त्यतिवेला उनले
१२ घण्टा काम गरे वापत ७ रिंगेट पाउँथे । इपो पुगेको दुई महिनापछि उनी
क्वालालाम्पुरतिर लागे । उनका अनुसार त्यतिबेला क्वालाम्पुरमा अहिलेको
केएलसीसी टावर बन्ने सुरसार भर्खर हुँदै थियो । उनले त्यसको जग हाल्ने
बेलामा करीब ६ महिना जति काम गरे । तर, त्यो काम पनि ठीक नलागेपछि उनी
बातुकेभतिर हान्निए । तर, एक वर्ष बातुकेभमाकाम गर्दा उनले एक पैसा पनि
पाएनन् । उल्टै पैसा माग्दा उनलाई थर्काएर पुलिस लागाइदिनेधम्की दिइयो ।
त्यसपछि लछीरामलाई त्यो ठाउँ छाडेर मलक्का, केएल, जोहोर पेनाङ, मुहार,
मलक्का बातुपहात, या भनौंमलेसियाका विभिन्न ठाउँहरु चाहार्दा चाहार्दै २०
वर्ष बितेको पत्तै भएन ।
भेटिँदैनथे मलेसियामा नेपाली
लछीरामका अनुसार त्यतिबेला मलेसियामा आजजस्तो छ्यापछ्यापी नेपालीहरु
थिएनन् । नेपाली भेट हुँदा गाउँमै भेटेको जस्तो हुन्थ्यो । पूर्व
मेचीदेखि पश्चिम महाकालीसम्मका जो भेटिए पनि बेलीविस्तार हुन्थ्यो ।
लछीरामले मलेसिया छिरेको तीन वर्षपछि मात्रै एक/दुईजना नेपाली भेटाएका
थिए । आजको जस्तो त्योबेलामा न कुनै नेपाली पत्रपत्रिका नै हेर्न
पाइन्थ्यो । दुतावास खुलेकै थिएन । घरमा फोन गर्न मोबाइल पनिथिएन ।
सामान्य कामदारका लागि त्यो पहुँच थिएन । उनलाई बेलाबेलामा प्रहरीले पनि
समायोतर मले भाषा जानेको र अनुहार पनिमले र चाइनिजकै जस्तो भएका कारण
उनलाई उम्किन कुनै अप्ठेरो भएन ।
पत्राचार भयो, कमाइ भएन
घरबाट हिँडेको केही वर्षसम्म उनले चिठीपत्र आदान-प्रदान गर्ने गरेका थिए
। तर, परिवारले बारम्बार पैसा माग्ने तर उनीसँग सुको दाम नहुने भएपछि
उनले घर परिवारलाई सम्पर्क नै गर्न छाडिदिए । जति काम गरे पनि उनले पैसा
बचाउन सकेनन् । मलेसियाको २० वर्षे बसाइमा करीव पाँच वर्ष त काम गरेको
ठाउँबाट पैसा नै पाएनन् उनले ।दुईवटा श्रीमती र ६ जना छोराछोरी बाबु
लछीहाङलाई घर परिवारको याद नआउने पनि होइन । तर, याद आएर मात्रै के गर्नु
घर र्फकनु पनि कसरी ? जे सपना साँचेर आएका थिए, त्यो सपना थोरैमात्रामा
पनि पूरा नभएपछि उनलाई घर र्फकनै मन लागेको छैन ।लछिरामको हिसाबमा उनले
मलेसियाको २० वर्षे बसाइमा जेनतेन पाँच लाख रुपैयाजति घर परिवारलाई
पठाएका छन् ।
मलेसियै पुगिन् कान्छी
नेपालमा सँगै बाँच्ने र सँगै मर्ने बाचा कसम खाएर विवाह गरेका दुई
श्रीमतीहरु बूढी भैसकेका छन् । आफ्ना श्रीमान मलेसियामा छन् भन्ने थाहा
पाएका दुबै श्रीमती र छोराछोरीहरुले बाबा कहिले आउलान् भनेर प्रतिक्षा
गरिरहेका छन् । तर, लछिहाङको विदेशबाट र्फकने कुनै टुंगो छैन । आफ्ना
बुढा नर्फकने जस्तो ठानेपछि उनलाई लिनकै लागि भनेर केही समय अगाडिमात्रै
कान्छी श्रीमती शोभाहाङ शेर्मा मलेसिया समेत पुगिन् । साथीभाइ र
इष्टमित्रको सहयोगले उनीहरुवीचमा भेट भयो । जवानीमै छुट्टएिका उनीहरु २०
वर्षपछि भेट हुँदा पहिला त एकछिन अलमलिए । जब उनीहरुले जवानीको सम्झना
गरे, त्यसपछि खुसीका आँसु चुहिए ।
पैसा नकमाए पनि श्रीमानलाई देख्न र भेट्न पाउन शोभाहाङ खुशी भइन् ।
लछिहाङ पनि रमाए । अहिले मलेसियामा शोभाहाङ आफ्नाश्रीमान्को निकै स्याहार
सुसारगरिरहेकी छन् । खानपिनको पनि उत्तिकै ख्याल गर्छिन् । दुबैजना
यतिबेला वातुपहातमा रहेको 'हाम्रो रेष्टुरेन्ट'मा बसेर खुशी साटासाट
गरिरहेका छन् । फुर्सद हुनासाथ दुबैजना बाहिर घुम्न निस्कने गरेका छन् ।
तर, शोभाहाङलाई आफूले पाएको योखुशी छोराछोरी र घरपरिवारसँग साट्ने तीव्र
इच्छा छ । आउने दशैंमा नेपाल र्फकने तयारी गरिरहेका उनीहरुले घर लैजाने
सामान किन्न थालिसकेका छन् ।
परिवार छताछुल्ल
उता नेपालमा २० वर्षपहिले अलपत्र छाडिएका लछिहाङका छोराछोरीहरु कोही
विदेशमा छन भने कोही नेपालमै बसेर पढिरहेका छन् । विदेशमा लामो समय बस्दा
धेरै चिज गुमाएकोमा लछिरामलाई अहिले पछुतो छ । बरु नेपालमै केही गरेको भए
उन्नति हुन्थ्यो जस्तो उनलाई लागेको छ । तर, कान्छी श्रीमतीलाई भेटेपछि
यतिबेला भने लछीहाङको अनुहारमा निकै खुसी छाएको छ । 'अब त घरै जाने हो,
कान्छी नै लिन आइन् अब किन नजाने ! ' ठट्यौली पारामा उनले आफैं थपे- 'दुई
स्वास्नीको पोइ, बीस वर्षसम्म खै भन्न थालिसकेहोला घरका मान्छेले ।source
onlinekhabar.com'

सम्पत्ति शुद्धीकरण मुद्दामा साढे २१ करोड असुली
६ जेठ, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा
दायर गरेको मुद्दामा हालसम्म करिब साढे २१ करोड रुपैयाँ जफत भएको छ ।
पौने ११ करोड अवैध सम्पत्ति जफत भएको छ भने त्यति नै रकम उनीहरुबाट
जरिवाना असुली गरिएको छ । अवैध सम्पत्ति शुद्धीकरण गरेको तथा आतंककारी
कार्यमा वित्तीय लगानी गरेको विषयमा अनुसन्धान गर्ने उदेश्यले दुई
वर्षअघि स्थापना भएको यस विभागले हालसम्म २४ मुद्दा दायर गरेकोमा १०
मुद्दामा फैसला भई १० करोड ७९ लाख रुपैयाँ जफत भएको हो ।
सबै फैसला विभागको पक्षमा भएका छन् । श्याम मार्डीको फैसलामा उनले सफाइ
पाए पनि उनको बिगो र जरिवाना अर्काे अभियुक्तबाट असुल गरिएको छ । हालसम्म
फैसला भएकोमा प्रदीपकुमार रस्तोगीबाट २ करोड ३२ लाख, फुर्निमा शेर्पाबाट
४९ लाख, सुनिल जैसवाल र श्रवणकुमार शाहबाट संयुक्त रुपमा २८ लाख ४० हजार,
शान्ति तामाङबाट २७ लाख, धर्मवीर पासवानबाट २० लाख ५०हजार र मनबहादुर
घलेबाट ३ लाख रुपैयाँ जफत भएको छ । यस्तै चिनियाँ नागरिकहरु वि लिज्याङ र
लिउ जिन लिनबाट क्रमशः ६ करोड ७४ लाख ५० हजार र २२ लाख रुपैयाँ जफत भएको
छ । निजहरुलाई त्यत्ति नै रकम जरिवाना गरिएको छ ।
आइतबार दायर भएका पाँच डनविरुद्धका सहित १४ वटा मुद्दा विशेष अदालतमा
विचाराधीन रहेका छन् । यी पाँच मुद्दामा मात्रै ६४ करोड रुपैयाँ अवैध
सम्पत्ति जफत गर्न र सोबराबर जरिवाना गर्न माग गरिएको छ । हालसम्म
विभागले दायर गरेको मुद्दामा सबै अभियुक्त हारेको आधारमा यी मुद्दामा पनि
डनहरुलाई कारबाही हुने अनुमान गर्न सकिन्छ । बाँकी ९ मुद्दामा २३ करोड ५७
लाख बिगो कायम गरिएको छ । विचाराधीन मुद्दामा विभागको पक्षमा फैसला भएमा
बिगो र जरिवाना गरी थप १ अर्ब ७४ करोड रुपैयाँ असुली हुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १ घण्टा बन्द
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज केही समय बन्द भई
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। आज भएको वर्षाका
कारण मौसममा प्रतिकुल असर आएपछि सो विमानस्थल दिउँसो ११ देखि १२ बजेसम्म
करिब १ घन्टा बन्द गर्न परेको हो। विमानस्थल बन्द भएपछि राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय उडान भर्ने विमानले उडान भर्न तथा अवतरण गर्न सकेनन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत आन्तरिक विमानस्थलका
प्रबन्धक पूर्ण चुडालले दिउँसो केही समय भएको असामान्य वर्षाले गर्दा
एकाएक मौसम खराब भई सोसमयमा विमानस्थल नै बन्द गर्न परेको बताए। उनले
सामान्य वर्षामा उडान प्रभावित नहुने भए पनि ठूलो वर्षा तथा खराब मौसममा
उडान भर्न प्राविधिक कठिनाइ हुने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
उडान प्रभावित भएको जानकारी दिए।
सो विमानस्थलबाट राष्ट्रिय उडान तथा अवतरण दैनिक २४० र अन्तर्राष्ट्रिय
उडान तथा अवतरण ७० वटा हुने गर्दछ। त्यसैगरी पर्वतीय उडान पनिआज प्रभावित
हुन पुगेको छ। दैनिक २५ वटासम्म हुने सो क्षेत्रको उडान आज आठवटा मात्र
भएको विमानस्थलले जनाएको छ। रासस

Subscribe to:
Posts (Atom)