Friday, July 26, 2013

युवकलाई खुकुरी हानी युवतीद्वारा आत्महत्या

पोखरा, श्रावण ११ - उपहार दिने भन्दै आँखा बन्द गर्न लगाएर एक युवतीले
युवकको टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएर आत्महत्या गरेकी छिन ।
मोबाईलको कुराकानीपछि ड्यामसाईडको एक गेष्ट हाउसमा भेटघाट गर्न पुगेकी
तनहुँ दुलेगौंडाकी १९ बर्षीया रुपा मगरले स्याङजाका २० बर्षीय त्रिलोचन
शर्मालाई खुकुरी प्रहार गरी आत्महत्यागरेकी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवैजना बिहीबार दिउँसो अशोक गेष्ट हाउसमा पुगेर चिसो
मगाएर खाएका थिए । त्यसपछि गेष्ट हाउसमा कोठा लिएर भित्र पसेको १०/१२
मिनेटपछि युवक शर्माले मलाई खुकुरीले हानीसाहुजी तपाईलाई पनि हान्न सक्छे
भन्दै बाहिर निस्किएका थिए । संचालकले तत्कालै प्रहरीलाई खबर गरी घाईते
शर्मालाई अस्पताल पठाउने चाँजो मिलाएका थिए ।
लगत्तै पुगेको प्रहरी उनीहरु बसेको कोठामा जाँदा भित्रबाट चुकुल लगाएको
भेटिएपछि झ्यालबाटहेर्दा युवती सिलिङ पंखामा सलको पासो लगाएर झुण्डिएको
अवस्थामा भेटिएकी प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले बताए । 'ढोका
फोडेर हेर्दा युवतीको मृत्यु भैसकेको थियो', खड्काले भने ।
घाईते शर्माको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरी श्रोतका
अनुसार घाईते शर्माले प्रारम्भिक बयानमा युवतीलाई बिहीबारमात्रै चिनेको र
यसअघि कहिल्यै भेट नभएको बताएका छन ।
प्रकाशित मिति:२०७० श्राव

No comments:

Post a Comment