Wednesday, October 3, 2012

माओवादी लडाकु समायोजन गर्न १८ अर्ब खर्च

असोज, काठमाण्डौं । माओवादी लडाकु समायोजन गर्न पाँच बर्षसम्म चलेको
प्रक्रियामा करिब साढे १४ अर्ब रुपैयाँ खर्च भईसकेको छ । पुर्नस्थापना
रोजेका लडाकुलाई दोस्रो किस्ताको तीन अर्व ६२ करोड थप दिन बाँकी छ । ५
मंसिर २०६३ मा सुरु भएको समायोजन प्रक्रिया करिब ६ बर्षपछि अहिले सकिएको
छ । यसबीचमा सेना समायोजन विशेष समिति सचिवालयको सञ्चालन र कर्मचारी तलब
भत्ता, शिविर व्यवस्थापन मात्र होइन, स्वेच्छिक अवकाशमा गएकालाई रकम
दिँदा अहिलेसम्म १४ अर्व २१ करोड ६९ लाख नौ हजार ४६ रुपैयाँ खर्च भइसकेको
खबर नयाँ पत्रिका दैनिकले छापेको छ । शिविरमा उपस्थिति जनाएका ३ हजार
दुईसय ५० लडाकुमध्ये विभिन्न चरण पार गरेर हाल एकहजार तीनसय ८८ जना
सेनामा जान अन्तिम छनोटमा परेका छन् । थप ७६ जना अधिकृत पनि परीक्षा सकेर
नतिजा पर्खाइमा छन् । शान्तिमन्त्रालयका अनुसार करिब ६ बर्षमा लडाकुको
भरणपोषणमा दुई अर्व ७४ करोड १६ लाख ९७ हजार
पाँच सय ८४ र मासिक भत्तामा पाँच अर्व ८२ करोड ७२ लाख ५५ हजार सात सय २४
रुपैयाँ खर्च भएको छ । त्यस्तै शिविरको पूर्वाधार निर्माणमा २७ करोड १०
लाख तीन हजार १७ र मर्मत खर्च, ढुवानी र विद्युत महसुललगायतमा २२ करोड ४४
लाख ५१ हजार पाँचसय २१ रुपैयाँ खर्च भएको छ ।
Source OnlineKhabar

No comments:

Post a Comment