Wednesday, October 3, 2012

बेहुला बन्नु अगावै मृत्यु

१७ असोज, राजविराज । पाँच दिन पछि हुने बिहेका लागि आफन्तलाई निम्तो
बाँड्दै हिँडेका एक युवकको बेहुला बन्नु अगावै दुर्घटनामा परी उनको ज्यान
गयोको हो । सप्तरीको रम्पुरा मल्हनिया–२ का सहमद मियाका छोरा २१
वर्षीय गफार मियाको सप्तरीको राजविराज–रुपनी सडकखण्डमा दुर्घटना हुँदा
घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजविराजबाट रुपनीतर्फ गइरहेको ना ३ ख २६०१ नम्बरकोरुपेश ट्राभल्स बसले
विपरित दिशाबाट आइरहेको को ११ प ७५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा
मोटरसाइकलमा सवार गफारको मृत्यु भएको छ । विवाहका लागि आफन्तकहाँ निम्ता
बाँडेर घर फर्किरहेका बेला दुर्घटना भएको बुबा सहमदले बताए । गफारको
सप्तरीकै लालपट्टी गाविसमा असोज २१ गतेका लागि बिहे तय भएको थियो ।
मोटरसाइकल पछाडि सवार रम्पुरा मल्हनिया–२ का डाल मोहम्मद मियाका छोरा २१
वर्षीय सलाबुनको टाउकोमा गम्भीर चोट लागेकाले तत्कालै विराटनगरको न्युरो
अस्पताल पठाइएको छ । ठक्कर दिने यात्रुवाहक बस र चालकलाई इलाका प्रहरी
कार्यालय रुपनीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Source Nepaliheadlins

No comments:

Post a Comment