Wednesday, October 3, 2012

यौन काण्डले आश्रम संञ्चालनमा समस्या

१७ असोज, बुटवल । नेपाल अविनाश आश्रम; मधवलियामा धर्मपरिर्वतन गरे मात्र
सहयोग गर्ने दाताहरुको भनाईले त्यहा अध्यनरत अनाथ बालबालिकाहरु मर्कामा
परेका छन । उपर्युक्त शर्त राख्दै दैनिक करिव ३ सय भन्दा बढी ईमेल आउने
गरेको आश्रमले जनाएको छ । आश्रममा बसोबास गर्ने बालबालिकाहरुले हाल
मान्ने गरेको धर्म त्यागेर कि्रश्चियन धर्ममा लाग्नु पर्ने भन्दै ईमेल
आउने गरेको आश्रमका अध्यक्षले बताए ।
धर्म परिर्वतन गरेमा मात्र सहयोग गर्ने आशयका अधिकांश ईमेलहरु आउने गरेका
छन अध्यक्ष रेग्मीले भने- तर हामीले बरु सहयोग चाहिँदैन हामी धर्म
परिर्वतन गर्ने कुरामा सहमत हुन सक्दैनौं भनेर उत्तर दिने गरेका छौ ।
पहिलो शर्त नै धर्म परिवर्तन र तबमात्र सहयोग गर्ने भन्दै ईमेल आउने
गरेको आश्रममले जनाएको छ । खासगरी हिन्दू धर्म त्यागेर कि्रश्चियन धर्म
धारणा गर्नुपर्ने भन्दै अधिकांश ईमेलहरु आउने गरेको आश्रमले बताएको छ ।
आश्रमका प्रबन्ध निर्देशक आशिष थापा हाल निलम्बत ले आश्रममा आश्रय लिएर
बसेका बालिकाहरुमाथि यौन दुव्र्यवहार गरेर रक्षक नै भक्षक; भन्ने
उद्धरणलाई व्यवहारमा लागू गरेको थिए । तिनै आशिष थापाको कारण पछिल्लो
समयमा नेपाल अविनाश आश्रम मधवलियाका दाताहरुले सहयोगको हात झिक्दै गएपछि
आश्रम साचालन गर्नको लागि संकट उत्पन्न भएको छ ।
केही महिना अगाडि आश्रमका प्रबन्ध निर्देशक हाल निलम्बत थापाले त्याहका
बालिकाहरुमाथि यौन दुव्र्यवहार गरेको सार्वजनिक भएपछि पछिल्लो समयमा
सहयोग गर्ने दाताहरुको संख्या घटदै गएको जानकारी आश्रमका वर्तमान अध्यक्ष
कमलप्रसाद रेग्मीले स्वाधीन दैनिकलाई दिए । वि.स. २०६२ सालमा आधिकारिक
रुपमा दर्ता भई साचालनमा आएको उक्त आश्रममा ३३ जना अनाथ बालबालिकाहरुले
आश्रय लिइरहेका छन ।
अहिले स्थानीय रुपमा साचालकरुबाट मासिक रुपमा केही रुपैयाँ उठाएर आश्रमको
समस्या टार्दै आएका छौं अध्यक्ष रेग्मीले भने ।
आश्रमले त्याहा बसोवास गर्ने अनाथ बालबालिकाहरुलाई खाना बस्नको साथै
पढाईको व्यवस्थासमेत गर्दै आएको भएपनि पछिल्लो समयमा आर्थिक संकट
ब्यहोर्दै आएको छ । आश्रमका निलम्बित प्रबन्ध निर्देशक; आशिष थापाले दुई
जना बालिकालाई करण्ँी गरेको र पाँचजनालाई जबर्जस्ती करण्ँीको उद्योग
गरेको अभियोग छ । थापाले १२ देखि १४ सम्मका सात अनाथ बालिकामाथि एक वर्ष
देखि यौन शोषण गरेको पीडित बालिकाले आरोप लगाएका छन । आश्रमका पीडित सात
बालिकालाई अहिले माईती नेपालले आफनो आश्रयमा राखेको छ भने अदालतमा मुद्दा
चलिरहेको छ ।
आश्रमका बालिकाहरुमाथि यौन दुव्र्यहार गर्ने आशिष थापाको पक्षमा नेपाल
बार एशोसियसन रुपन्देहीका अध्यक्ष मनोज भुर्तेलले प्रतिवादीको पक्षबाट
पैरवी गरेको भन्दै आश्रमले आपत्ति जनाएको छ । एउटा अनाथ आश्रममा बसोवास
गर्ने बालिकाहरुमाथि यौन दुव्र्यवहार गर्ने मानिसकै पक्षमा बार
एशोशियसनको अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले पैरवी गर्नु आफैमा घृणित
कार्य भएको आश्रमले जनाएको छ ।
Comments:

No comments:

Post a Comment