Wednesday, October 3, 2012

डलर सस्तिँदा विदेशमा काम गर्ने कामदार निराश

दशैंको मुखमा विदेशबाट आउने रेमिट्यान्स पर्खिरहेकालाई डलरको घट्दो
मूल्यले निराश बनाउन थालेको छ । केही महिनाअघिसम्म बढ्दो मूल्यले दिनदिनै
नयाँ रेकर्ड बनाएपनि चाडवार्ड नजिक आउन थालेपछि उल्टो भएको छ । राष्ट्र
बैंकले तोकेको विनिमय दरअनुसार डलर ५ महिनाकै सवैभन्दा कमजोर भएको छ ।
बिहीबारका लागि बैंकले डलरको मूल्य ८४ रुपैयाँ १४ पैसा तोकिएको छ । यो दर
असार १० गते ९१ रुपैयाँ ८८ पैसा थियो । डलरको भाउ सस्तिएपछि रेमिट्यान्स
भित्रिने क्रम केही घट्ने देखिएको छ । सामान्यता दशैतिहारमा सवैभन्दा बढी
रेमिट्यान्स भित्रिने गरेको खबर कान्तिपुर दैनिकमा छ । राष्ट्रबैंकका एक
अधिकारीका अनुसार दशैंमा रेमिटेयान्स भित्रिनेक्रम २५ प्रतिशतसम्म बढ्ने
गरेको छ । राष्ट्र बैंकका प्रवक्ता भाष्करमणी ज्ञवालीका अनुसार
महिनैपिच्छे रेमिट्यान्स पठाउनेको संख्या उच्च रहेकाले डलरको अधिमूल्यन
वा अवमूल्यनले धेरै फरक पर्दैन ।
Source OnlineKhabar

No comments:

Post a Comment